close

चार महिनामा अढाई लाख बढी प्रयोगकर्ताले छोडे एनसेल

टेकपाना टेकपाना

कात्तिक १४, २०८० १५:४९

चार महिनामा अढाई लाख बढी प्रयोगकर्ताले छोडे एनसेल

 

काठमाडौं । पछिल्लो चार महिनामा एनसेलले दुई लाख ५६ हजार ७८० प्रयोगकर्ता गुमाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले गत चैतदेखि असारसम्मको अवधिमा ठूलो सङ्ख्यामा ग्राहकले कम्पनीको सेवा छोडेको देखाएको हो । 

फागुन २०७९ मा एक करोड ३४ लाख ९० हजार १७८ रहेका एनसेल प्रयोगकर्ता असार २०८० सम्म आइपुग्दा घटेर एक करोड ३२ लाख ३३ हजार ३९८ मा सीमित भएका छन् । तर सोही अवधिमा प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकमले भने जीएसएम मोबाइल सेवातर्फ सात लाख ३२ हजार १०७ नयाँ ग्राहक बनाएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ । 

यससँगै नेपाल टेलिकमको जीएसएम मोबाइल सेवाका ग्राहक दुई करोड तीन लाख ९४ हजार ९५३ पुगेका छन् । मोबाइल ब्रोडब्यान्ड तर्फको कुरा गर्ने हो भने नेपाल टेलिकमका ग्राहक एक करोड ९० लाख ८८ हजार ४४९ रहेका छन् भने एनसेलका ग्राहकको सङ्ख्या ८९ लाख १४ हजार २६ मात्र रहेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८० १५:४९