close

मेटाले सुरु गर्‍यो विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम

टेकपाना टेकपाना

कात्तिक १५, २०८० १३:२६

मेटाले सुरु गर्‍यो विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम

काठमाडौं । फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताका लागि मेटाले सशुल्क सेवा सुरु गरेको छ । सोमबार एक ब्लग लेख्दै कम्पनीले युरोपमा सशुल्क योजना ल्याएको जानकारी दिएको हो ।

योसँगै १८ वर्ष उमेर पुगेका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले मेटाको यो सशुल्क सेवा प्रयोग गर्न पाउनेछन् । वेब ब्राउजरका लागि प्रति महिना ९.९९ ‍युरो (१४०० रुपैयाँ) र आईओएस डिभाइसहरूका लागि प्रति महिना १२.९९ युरो (१८०० रुपैयाँ) ताेकिएकाे छ ।

एकपटक शुल्क तिरेपछि प्रयोगकर्ताहरूले बिना विज्ञापन फेसबुक र इन्स्टाग्राम चलाउन पाउनेछन् । यदि प्रयोगकर्ताको एकभन्दा बढी अकाउन्ट भए प्रति अकाउन्ट अतिरिक्त ६ युरो (८५० रुपैयाँ) तिर्नुपर्ने मेटाले जनाएकाे छ ।

त्यसरी सशुल्क फेसबुक र इन्स्टाग्राम चलाउने प्रयोगकर्ताको डेटा प्रयोग नगर्ने र उनीहरूलाई विज्ञापनका लागि ट्र्याकिङ नगर्ने कम्पनीको भनाइ छ । मेटाको यो कदम भने युरोपेली संघको डेटा गोपनीयता सम्बन्धी नियमले गर्दा आएको बताइएको छ ।

यद्यपि यस सेवालाई युरोपमा अनिवार्य भने गरिएका छैन । विज्ञापनरहित अनुभव चाहने प्रयोगकर्ताहरूको लागि मेटाको यो वैकल्पिक सेवा हो । तर मेटाले युरोपबाहेक अन्य क्षेत्रहरूमा यो सेवा विस्तार गर्नेबारे भने केही बताएको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८० १३:२६