close

एफवन सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त

टेकपाना टेकपाना

कात्तिक १६, २०८० १६:४५

एफवन सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त

काठमाडौं । फिनटेक कम्पनी एफवन सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरे ।

आचार्य यसअघि लक्ष्मी सनराइज बैकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए । उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेका थिए । चाटर्ड अकाउन्टेन्ट समेत रहेका उनले  लक्ष्मी सनराइजमा आउनभन्दा पहिले विभिन्न अडिट फर्महरूमा कार्यरत थिए ।

एफवन सफ्टमा नियुक्त भएसँगै आचार्यले भने, ''वित्तीय प्रविधिलाई तीव्र गतिमा अगाडि बढाइरहेको एफवन सफ्ट ग्रुप दिनानुदिन ठूलो संस्था बनिरहेको छ, यस संस्थालाई वित्तीय क्षेत्रबाट आफुले सहयोग पुर्याउने छु, यसका लागि म खुशी छु ।''

एफवन सफ्ट नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी हो, जुन १९ वर्षभन्दा बढी समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ ।

कम्पनीले हाल एक हजारभन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । एफवन सफ्ट कम्पनी अन्तर्गत हाल ईसेवा, फोनपे, ईसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू रहेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० १६:४५