close

खल्तीबाट फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ५० हजार रुपैयाँ जित्न सकिने

टेकपाना टेकपाना

कात्तिक १७, २०८० १५:४३

खल्तीबाट फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ५० हजार रुपैयाँ जित्न सकिने

काठमाडौं । डिजिटल वालेट खल्तीले तिहारलाई मध्यनजर गर्दै फोनपे क्यूआरमा स्क्यान गरेर भुक्तानी गर्दा ५० हजार रुपैयाँसम्म जित्न सकिने अफर ल्याएको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सो अफर घोषणा गरेको हो ।

याे अफर अन्तर्गत खल्ती वालेटमार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्नेमध्ये दुई जनाले ५० हजार रुपैयाँ तथा हरेक हप्ता १५ जनाले 'खल्ती प्रो' सब्स्क्रिप्सन पाउनेछन् ।

त्यसै खल्ती मर्चेन्टबाट हरेक हप्ता एक भाग्यशाली विजेताले स्मार्टवाच जित्न सक्नेछन् । साथै पहिलो पल्ट भुक्तानी लिँदा रु. १०० बोनस पाउने कम्पनीले जनाएको छ ।

“अहिले चाडपर्वको माहोलमा हामीले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नका लागि यस्ता आकर्षक अफर उपलब्ध गराएका छौं," खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले भने, "यस अफरबाट हाम्रा प्रयोगकर्ता, एजेन्ट र क्यूआर मर्चेन्टले भरपुर फाइदा लिन सक्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।"

यो अफरमा सहभागी हुन खल्ती प्रयोगकर्ताले फोनपे क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ । त्यस्तै खल्ती मर्चेन्टले फोन पे क्यूआर स्क्यान मार्फत भुक्तानी लिएर सहभागी हुन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८० १५:४३