close

सेतोपाटीका ‘प्रिमियम’ सामग्रीहरू पढ्न पैसा तिर्नुपर्ने

टेकपाना टेकपाना

कात्तिक २२, २०८० २१:५७

सेतोपाटीका ‘प्रिमियम’ सामग्रीहरू पढ्न पैसा तिर्नुपर्ने

काठमाडौं । अनलाइन मिडिया सेतोपाटीले ‘प्रिमियम’ सामग्रीहरूका लागि सशुल्क प्रणाली सुरु गरेको छ । बुधबार प्रकाशकीय लेख्दै सेतोपाटीले तिहारपछि ‘प्रिमियम’ समाचार, लेख तथा श्रंखलाहरू सदस्यता लिएका पाठकले मात्र पढ्न पाउनेगरी यस्तो प्रणाली ल्याएको जानकारी दिएको हो ।

‘आज हामी तपाईंहरूलाई सेतोपाटीको वार्षिक वा मासिक सदस्य बनेर हाम्रो पत्रकारिताको यात्रामा साथ दिनु हुन हार्दिक अनुरोध गर्छौं,’ सेतोपाटीको प्रकाशकीयमा भनिएको छ, ‘तिहारपछि सेतोपाटीमा प्रकाशित हुने प्रिमियम समाचार, लेख र शृङ्खलाहरू सदस्यता लिएका पाठकहरूले मात्र पढ्न पाउनु हुनेछ । अरू समाचार भने सबै पाठकहरूले पढ्न पाउनु हुनेछ ।’ 

नेपालबाट वार्षिक सदस्य बन्नेले मासिक १०० रुपैयाँ र विदेशबाट वार्षिक सदस्य बन्नेहरूले मासिक दुई डलर तिर्नुपर्ने बताइएकाे छ ।

‘नेपालबाट सदस्य बन्ने पाठकहरूले कुनै पनि बैंकको एटीएम कार्ड वा विभिन्न बैंक वा वित्तीय कम्पनीका क्यूआर कोड प्रयोग गरेर शुल्क तिर्न सक्नेछन् भने विदेशमा बस्ने पाठकहरूले आफ्नो भिसा वा मास्टर कार्ड प्रयोग गरेर शुल्क तिर्न सक्नेछन्,’ सेताेपाटीकाे प्रकाशकीयमा भनिएकाे छ ।

पाठकबाट यसअघि नै शुल्क लिने योजना रहेपनि देशभित्र र बाहिरबाट शुल्क तिर्न पेमेन्ट गेटवे हरूको राम्रो विकास नभइसकेका कारण आफ्नो योजना अघि बढ्न नसकेको र पछिल्लो समय डिजिटल पेमेन्टको क्षेत्रमा उल्लेख्य प्रगति भएकाले केही समयदेखिको तयारीपछि ती सबै प्राविधिक काम सकेको सेतोपाटीले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०८० २१:५९