close

फोटो प्रतियोगिता आयोजना गर्दै नेपाली सेना, प्रथम हुनेले ५० हजार नगद पाउने

टेकपाना टेकपाना

कात्तिक २३, २०८० ९:२२

फोटो प्रतियोगिता आयोजना गर्दै नेपाली सेना, प्रथम हुनेले ५० हजार नगद पाउने

काठमाडौं । नेपाली सेनाले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सूचना जारी गर्दै सेनाले फोटो प्रतियोगिता आयोजना गर्न लागेको नेपाली जानकारी दिएको हो । प्रतियोगितामा पठाउने फोटोहरू सेनासँग नै सम्बन्धित हुनुपर्ने छ ।

यसअन्तर्गत अपरेसनल गतिविधि, तालिम, खेलकुद, नागरिक-सैनिक सहकार्य सम्बन्धी गतिविधि, समारोह/उत्सव लगायतका विषयमा खिचिएका फोटोहरू पठाउनुपर्ने सेनाले उल्लेख गरेकाे छ ।

प्रतियोगितामा १८ वर्ष उमेर पूरा भएका व्यावसायिक वा गैरव्यावसायिक फोटोग्राफरहरूले भाग लिन सक्नेछन् । तर २०७९ मङ्सिर २१ अघि खिचिएका फोटोहरू भने अयोग्य हुने छन् ।

त्यस्तै यस प्रतियोगितामा एउटै व्यक्तिले धेरै फोटो पठाउन सक्ने सेनाले बताएको छ । तर प्रतियोगिताको लागि पेश गरिएका फोटोहरू आफैंले खिचेको हुनुपर्ने तथा ती फोटोहरू व्यापारिक रूपमा प्रयोग नगरिएको, अन्य कुनै पनि मिडियामा प्रकाशित नभएको हुनुपर्ने जनाइएको छ ।

प्रतियोगतामा प्रथम हुनेले ५० हजार,  दोस्रो हुनेले ३५ हजार, तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउनेछन् । साथै प्रतियोगितामा पठाइएको उत्कृष्ट फोटोहरू नेपाली सेना दिवस तथा महाशिवरात्रिको अवसरमा आयोजना हुने ‘बृहत् फोटो प्रर्दशनी–२०८०’ मा प्रदर्शन गरिने छ ।

प्रतियोगितामा सहभागी  हुन नेपाली सेनाको वेबसाइट मार्फत् फोटोहरु अपलोड गर्न तथा जनसम्पर्क तथा सूचना निर्देशनालय, भद्रकालीमा डिजिटल प्रतिलिपि बुझाउन सकिने छ । प्रतियोगिताबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०८० ९:२२