close

नमस्ते पेमार्फत श्री एयरलाइन्सको टिकट काट्दा रु. ३०० क्याशब्याक

टेकपाना टेकपाना

कात्तिक २४, २०८० १५:५४

नमस्ते पेमार्फत श्री एयरलाइन्सको टिकट काट्दा रु. ३०० क्याशब्याक

काठमाडौं । तिहार र छठको अवसर पारी डिजिटल वालेट नमस्ते पेले आफ्ना ग्राहकका लागि उडान टिकेटमा क्याशब्याक अफर ल्याएको छ ।​यसअन्तर्गत नमस्ते पेका ग्राहकले श्री एयरलाइन्सको प्रत्येक उडान टिकट खरिदमा रु. ३०० क्याशब्याक पाउनेछन् ।

यो अफर कात्तिक २४ देखि मंसिर १० सम्म सञ्चालन हुनेछ । क्याशब्याकका पाउन ग्राहकले कुनै प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएकाे छ ।

''रु. ३०० क्याशब्याक प्रति टिकेटमा मान्य छ, जसको अर्थ उडानकर्ताहरूले जति धेरै टिकेट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन्,'' कम्पनीले विज्ञप्तिमा भनेकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० १५:५४