close

नेपाल सुपर लिगका सबै खेलको टिकेट आइएमई पेबाट काट्न सकिने

टेकपाना टेकपाना

कात्तिक २४, २०८० १६:३६

नेपाल सुपर लिगका सबै खेलको टिकेट आइएमई पेबाट काट्न सकिने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको खेलका सबै टिकेट डिजिटल वालेट आइएमई पेबाट काट्न सकिने भएको छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)को आयोजनामा उक्त फ्रेन्चाइज फुटबल लिग मंसिर ८ देखि सुरु हुँदैछ ।

एनएसईएमले लिगकाे टिकेटिङ पार्टनरका रूपमा आइएमई पेसँग रणनीतिक साझेदारी गरेकाे हाे ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले खेलप्रेमीहरूलाई सहज र झन्झटमुक्त बनाउने विश्वास व्यक्त गरे । 

पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८० १६:३६