close

ओप्पोको नयाँ फोनमा स्याटलाइट सेवा उपलब्ध हुने

टेकपाना टेकपाना

कात्तिक २५, २०८० १७:१६

ओप्पोको नयाँ फोनमा स्याटलाइट सेवा उपलब्ध हुने

काठमाडौं । चिनियाँ ब्राण्ड ओप्पोले आउँदो फ्ल्यागशिप फोनमा स्याटलाइट कम्प्युनिकेसन सपोर्ट दिने भएको छ । कम्पनीले 'फाइन्ड एक्स सेभेन' माेडेलकाे फाेनमा यो फिचर दिन लागेको हो ।

पछिल्लो समय ठूला मोबाइल ब्रान्डहरूले आफ्नो फ्ल्यागशिप फोनमा स्याटलाइट कम्प्युनिकेसन दिने ट्रेन्ड बन्दै गइरहेको छ । विशेषगरी टेलिकम तथा वाई-फाई सेवाको पहुँच नभएको ठाउँमा सञ्चारका लागि स्याटलाइट कम्प्युनिकेसन प्रयोग गर्ने गरिन्छ ।

तर ओप्पोले यो फिचर पहिले चीनमा मात्र उपलब्ध गराउने अनुमान गरिएको छ । ‌ओप्पोको प्रतिक्षित फोनको रूपमा रहेको एक्स सेभेनमा शक्तिशाली र स्तरीय क्यामेरा आउने चर्चा छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८० १७:१६