close

काठमाडौं भित्र गुड्न थाले बिजुली माइक्रो, पुराना विस्थापित गर्दा प्रदूषण नियन्त्रणसँगै डिजेल खर्च जोगिने

टेकपाना टेकपाना

कात्तिक २६, २०८० १६:३

काठमाडौं भित्र गुड्न थाले बिजुली माइक्रो, पुराना विस्थापित गर्दा प्रदूषण नियन्त्रणसँगै डिजेल खर्च जोगिने

 

काठमाडाैं । चौधरी ग्रुप आन्तर्गत सीजी मोटर्स प्रालिले बिक्री वितरण गर्दै आइरहेको किङलङ ब्रान्डका विद्युतीय माइक्रो बसहरू काठमाडौंका विभिन्न रुटहरूमा समेत गुड्न थालेका छन् । काठमाडौंदेखि बाहिरी जिल्लाहरूमा प्रयोग भइरहेका विद्युतीय माइक्रोबस राजधानी भित्र समेत चल्न थालेका हुन् । 

सीजी मोटर्सले विभिन्न यातायात व्यवसायी मातहत विद्युतीय माइक्रोबस सञ्चालनमा आएको जानकारी दिएको छ । बागमती  प्रदेश सरकारको  नीति  तथा  महानगरपालिकाको  अवधारणा  अनुसार  पुराना डिजेल  र ग्यासबाट  चल्ने   सार्वजनिक यातायातलाई विस्थापित  गरेर नयाँ विद्युतीय सार्वजनिक यातायात  चलाउन थालिएको हो । 

एउटा  डिजेल  माइक्रो  बसले दैनिक १५०-२०० किमि चल्दा पाँच हजारदेखि सात हजार रुपैयाँसम्मको डिजेल खपत गरिरहेको हुन्छ । त्यस हिसाबले काठमाडौंभित्र सञ्चालनमा रहेका तीन हजार डिजेल  माइक्रोबस विस्थापित  हुँदा दैनिक दुई करोड १० लाख रुपैयाँको डिजेल खर्च विस्थापित हुन सक्ने अनुमान गरिएको छ । 

विद्युतीय सवारी साधनको ब्याट्री र वारेन्टी डिजेल सवारीको तुलनामा दोब्बर रहेको छ । प्रदूषण रहित सार्वजनिक सावरी साधन भएकाले यसलाई अबको विकल्पको रूपमा हेर्न थालिएको छ र सरकारले समेत प्रोत्साहन दिन थालेको छ । 

सीजी मोटर्स प्रालिले बिक्री वितरण गर्दै आइरहेको किङलङ माइक्रो बस १४ र १९ सिटर गरी दुई मोडेल उपलब्ध छन् । ब्याट्री निर्माण कम्पनी सीएटीलले बनाएको ब्याट्री प्रयोग भएको यो गाडीले एक पटकको फुल चार्जमा ३०० किमि रेञ्ज दिने बताइएको छ । 

१८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको किङलङ ईभी नेपालको बाटो र माटो सुहाउँदो समेत रहेको छ । हरेक पाँच ओटा गाडीमा एउटा फास्ट चार्जर दिंदै आएको समेत कम्पनीले जनाएको छ । 

जसअनुसार नेपालभर ३० भन्दा बढी स्थानमा फास्ट चार्जर स्थापना भइसकेका छन् र अन्य ५० भन्दा धेरै ठाउँमा चार्जर जडान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको  छ  । 

काठमाडौंमा  तीन  ठाउँबाट  सर्भिसिङ  सुविधा लिन सकिने किङलङ ईभीका लागि रिङ्गरोडमा  हरेक पाँच किमि दुरीमा एउटा  चार्जर  राख्ने  अन्तिम  तयारीमा कम्पनी  पुगेको छ । यो गाडीका लागि ८० प्रतिशतसम्म कर्जा सुविधा रहेको र नेपालभरका सम्पूर्ण बैंकहरूबाट सुलभ कर्जा सुविधा लिन सकिने कम्पनीले उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८० १६:३