close

अब इन्स्टाग्राम अकाउन्ट बिनै थ्रेड्स प्रोफाइल डिलिट गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २९, २०८० १७:१५

अब इन्स्टाग्राम अकाउन्ट बिनै थ्रेड्स प्रोफाइल डिलिट गर्न सकिने

काठमाडौं । मेटाले थ्रेड्स अकाउन्ट डिलिट गर्न सकिने फिचर ल्याएको छ । इन्स्टाग्राम अकाउन्टबिनै थ्रेड्स अकाउन्ट डिलिट गर्न सकिने गरी नयाँ फिचर ल्याएकाे इन्स्टाग्राम प्रमुख एडम मोसेरीले एक पोस्टमार्फत जानकारी दिएका छन् ।

प्रयोगकर्ताहरूकाे गुनासो सम्बोधन गर्न ल्याइएको याे फिचर थ्रेड्सकाे सेटिङभित्र हुने 'डिलिट अर डिएक्टिभेट प्रोफाइल'बाट प्रयोग गर्न सकिने छ ।

यदि प्रयोगकर्ताले थ्रेड्स अकाउन्ट डिलिट गर्न नचाहे डिएक्टिभेट गर्न सक्नेछन् । त्यस्तै मेटाले थ्रेड्समा गरिने पोस्ट फेसबुक र इन्स्टाग्राममा पनि सँगसँगै पोस्ट गर्ने फिचरलाई पनि वैकल्पिक बनाएको छ । यसर्थ अब थ्रेड्समा गरिने पोस्ट त्यहाँमात्र पनि गर्न सकिने छ ।

यद्यपि यो फिचर सबै प्रयोगकर्ताले तत्कालै प्रयोग गर्न पाएका छैनन् । इन्स्टाग्राम प्रमुख मोसेरीका अनुसार अगामी दिनमा यसअघि ल्याइएका ह्यासट्याग र डीएम सहित सबै नयाँ फिचर क्रमश: सबै प्रयोगकर्ताकहाँ उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २९, २०८० १७:३१