close

एप तथा डेटा लुकाउन एन्ड्रोइडमा नयाँ फिचर आउँदै

टेकपाना टेकपाना

मंसिर २, २०८० १२:२६

एप तथा डेटा लुकाउन एन्ड्रोइडमा नयाँ फिचर आउँदै

काठमाडौं । गुगलले एन्ड्रोइड १४ मा 'प्राइभेट स्पेस' फिचर ल्याउने भएको छ । गोपनीयतामा केन्द्रित यो फिचरले फोनमा भएका एप, फाइल, फोटो/भिडिओहरू अन्य व्यक्तिबाट लुकाउन थर्ड पार्टी एपको निर्भरता हटाउने बताइएको छ ।

यसका लागि त्यस्ता सामग्री तथा डेटाका लागि छुट्टै प्रोफाइल यस फिचरले बनाउने जनाइएको छ । त्यसो हुँदा तपाईंले सामान्य तरिकाले चलाउने प्रोफाइल र लुकाएका सामग्री भएका प्रोफाइल फरक-फरक हुनेछन् ।

यसका लागि आवश्यक पर्ने सेटिङ एन्ड्रोइड १४ को बेटा वनमा फेला पारेको एक्स प्रयोगकर्ता  मिशाल रहमानले जनाएका छन् । एक्समा यो सेटिङको स्क्रिनशट सहित यस फिचरको कामबारे उनले उल्लेख गरेका छन् ।

यद्यपि यही प्रकारको फिचर भने यसअगाडि नै ह्वावे र ओप्पोका फोनहरूमा उपलब्ध भइसकेका छन् । त्यस्तै सामसङको वन यूआईमा भएको 'सेक्योर फोल्डर'को विशेषता पनि यस्तै छ । तर यसले फरक प्रोफाइल भने बनाउँदैन ।

पछिल्लो अध्यावधिक: मंसिर २, २०८० १२:२६