close

नेपालमा पनि इन्स्टाग्राम रिल्स डाउनलोडको सुविधा

टेकपाना टेकपाना

मंसिर ८, २०८० १८:३६

नेपालमा पनि इन्स्टाग्राम रिल्स डाउनलोडको सुविधा

काठमाडौं । नेपालमा पनि अब इन्स्टाग्रामबाट रिल्स भिडिओ डाउनलोड गर्न सकिने भएको छ । कम्पनीले हालै विश्वभर पब्लिक रिल्स डाउनलाेड गर्ने सुविधा उपलब्ध गराएकाे हाे ।

यसअघि भविष्यमा हेर्नको लागि मात्र रिल्सलाई इन्स्टाग्राम एपमा सेभ गर्न सकिन्थ्यो । अब भने आफूलाई मन परेको पब्लिक रिल्स डाउनलोड गर्न सकिने छ । तर यसरी डाउनलोड गरिएका भिडिओमा इन्स्टाग्रामको लोगो र प्रयोगकर्ताको युजरनेम वाटरमार्कमा रूपमा आउने बताइएको छ, जुन टिकटकको भिडिओमा आउने वाटरमार्क जस्तै हुनेछ ।

प्रयोगकर्ताले रिल्सलाई इन्स्टाग्रामबाट डाउनलोड गर्न शेयर बटनमा क्लिक गरेर त्यसमा देखिने डाउनलोडको विकल्प रोज्नुपर्ने छ ।

तर रिल्स बनाउने प्रयोगकर्ताले भने डाउनलोड गर्न दिने या नदिने भनेर सेटिङ राख्न सक्छन् । यदि तपाईंले आफ्नो रिल्स अरूले डाउनलोड गरोस् भन्न्र चाहनुहुन्छ भने ‘सेटिङ>प्राइभेसी>रिल्स एन्ड रिमिक्स’ मा गएर 'अलाउ पिपल टु डाउनलोड योर रिल्स' विकल्पलाई 'अन' गर्नुपर्ने हुन्छ ।

त्यस्तै लाइसेन्स्ड अडियो प्रयोग गरिएको रिल्स डाउनलोड गर्दा त्यसमा भिडिओमा अडियो नसुनिने बताइएको छ । डाउनलोड गरिएको रिल्समा ओरिजिनल अडिओ भएको मात्र ‍आवाज सुनिने छ ।

यसअगाडि इन्स्टाग्रामले यो फिचर गत जुन महिनादेखि अमेरिकाका प्रयोगकर्ताका लागि उपलब्ध गराएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८० १८:३६