close

प्रहरीलाई कुनै घटनाबारे खबर गर्नुपर्ने छ ? प्रयोग गर्नुहोस् यी अनलाइन माध्यम

टेकपाना टेकपाना

मंसिर ९, २०८० १७:५३

प्रहरीलाई कुनै घटनाबारे खबर गर्नुपर्ने छ ? प्रयोग गर्नुहोस् यी अनलाइन माध्यम

काठमाडौं । देखेको, सुनेको अथवा थाहा पाएको घटनाबारे आफूलाई जानकारी गराउन नेपाल प्रहरीले अनुरोध गरेको छ । सामाजिक सञ्जालमा एक पाेस्ट गर्दै प्रहरीले आमनागरिकमा यस्तो अनुरोध गरेको हो ।

"तपाईं नेपाल प्रहरीको आँखा र कान बन्नुहोस्," प्रहरीको पाेस्टमा भनिएकाे छ, "आफूले थाहा पाएको, देखेको प्रत्येक घटना प्रहरीलाई जानकारी गराएर जिम्मेवार नागरिक हुनुहोस् ।"

त्यस्ता सूचना प्राप्त नागरिकस्तरबाट प्राप्त गर्न प्रहरीले विभिन्न माध्यम अपनाएको छ, जसमा इमर्जेन्सी नम्बर (१००), आधिकारिक फेसबुक पेज, इन्स्टाग्राम अकाउन्ट, एक्स अकाउन्टवेबसाइट रहेका छन् ।

त्यस्तै नेपाल प्रहरीको आधिकारिक मोबाइल एप एन्ड्रोइड आईओएस समेत रहेको छ ।

आफूले देखेको, सुनेको अथवा थाहा पाएको शङ्कास्पद घटना भए तपाईंले यीमध्ये जुनै माध्यमबाट पनि प्रहरीलाई जानकारी गराउन सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: मंसिर ९, २०८० १७:५३