close

आईफोनमा पनि आरसीएस सपोर्ट हुने, के के होलान् सुविधा ?

टेकपाना टेकपाना

मंसिर १३, २०८० १५:२८

आईफोनमा पनि आरसीएस सपोर्ट हुने, के के होलान् सुविधा ?

काठमाडौं । एप्पलले आरसीएस (रिच कम्युनिकेसन सर्भिस) मेसेजिङ स्टान्डर्ड लागू गर्ने भएको छ । एप्पलले हालै ब्लगमार्फत आरसीएस फिचर लागू गर्न लागेको घोषणा गरेको हो । 

नाइन टु फाइभ म्याकका अनुसार कम्पनीले यो फिचर आगामी वर्ष सफ्टवेयर अपडेट मार्फत उपलब्ध गराउन लागेको छ । सामसङ तथा गुगल जस्ता प्रतिद्वन्द्वी र नियामकको दबाबका कारण एप्पलले आरसीएस मेसेजिङ स्टान्डर्ड लागू गर्न लागेको नाइन टु म्याकले उल्लेख गरेको छ । यससँगै आईफोन र एन्ड्रोइड प्रयोगकर्ताले समान किसिमका फिचरहरू प्रयोग गर्न पाउनेछन् ।

विशेषगरी मेसेज पठाएको, मेसेज पठाएको फोनमा सो मेसेज पढेको, टाइप गरेको थाहा पाउनुका हुनुका साथै उच्च गुणस्तरका फोटो र भिडिओ पाउन र अन्य फिचरहरू प्रयोग गर्न सकिन्छ ।  एप्पलले आरसीएस प्रणाली सुरु गरिसकेपछि प्रयोगकर्ताले लोकेसन समेत शेयर गर्न सक्ने कम्पनीले जनाएको छ । आरसीएसले मोबाइल डेटा वा वाई-फाई प्रयोग गर्छ । यता एसएमएस भने फोन नेटवर्कमा निर्भर हुन्छ । 

आरसीएस लागू भएसँगै आईमेसेज के हुन्छ भन्ने जिज्ञासा हुन सक्छ । कम्पनीले आईफोन प्रयोगकर्तामाझ मात्र उपलब्ध आईमेसेजलाई सँगसँगै निरन्तरता दिने जनाएको छ ।  यसो त एप्पलले आईमेसेज आरसीएसभन्दा धेरै सुरक्षित र गोपनीयता अनुकूल रहेको बताएको छ ।

आईमेसेजमा इन्ड-टु-इन्ड इन्क्रिप्सनको सुविधा छ । आईमेसेज आरसीएस जस्तै स्तरीय भए पनि प्रयोगकर्ताको आवश्यकताका लागि सो फिचर लागू गर्न लागेको कम्पनीले जनाएको छ । आरसीएस फिचर लागू भइसकेपछि एन्ड्रोइड प्रयोगकर्ताले आईओएस तथा आईओएस प्रयोगकर्ताले एन्ड्रोइड प्रयोगकर्तालाई मेसेज पठाउन पाउँछन् वा पाउँदैनन् भन्ने स्पष्ट छैन ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८० १५:२८