close

ह्वाट्सएपमा आयो ‘सेक्रेट कोड’, कुनै पनि च्याट लक गर्न सकिने

टेकपाना टेकपाना

मंसिर १६, २०८० १४:४

ह्वाट्सएपमा आयो ‘सेक्रेट कोड’, कुनै पनि च्याट लक गर्न सकिने

 

काठमाडौं । संवेदनशील कुराकानीमा प्रयोगकर्ताको गोपनीयता बढाउने उद्देश्यले मेटाले ह्वाट्सएपमा ‘सेक्रेट कोड’ नामक फिचर ल्याएको छ। एक ब्लग पोस्ट लेख्दै कम्पनीले ह्वाट्सएपमा नयाँ फिचर थपिएको जानकारी दिएको हो ।

यस फिचरबाट कुनै पनि च्याटमा फोनको लकबाहेक अर्को लक राख्न सकिने छ । त्यसरी लक गरिएको च्याट मुख्य च्याट लिस्टमा देखिने छैन । लक गरिएका च्याट हेर्न सर्चबारमा सेक्रेट कोड टाइप गर्नुपर्ने छ ।

यो फिचर प्रयोग गर्न आफूले लक गर्न चाहेको च्याटमा केही सेकेन्ड प्रेस गरेर ‘सेक्रेट कोड’को सेटिङमा पुग्नुपर्छ । यसै हप्ता रोलआउट भएको यो फिचर कमश: सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउने कम्पनीले जनाएकाे छ । 

यस अपडेटले अन्य प्रतिस्पर्धी मेसेजिङ प्लेटफर्मभन्दा ह्वाट्सएपलाई अझ बढी गोपनीयता केन्द्रित एप बनाएको विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८० १४:४