close

एनसेलको वेबसाइट डाउन !

टेकपाना टेकपाना

मंसिर २२, २०८० १४:२७

एनसेलको वेबसाइट डाउन !

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक एनसेलको वेबसाइट डाउन भएको छ । शुक्रबार कम्पनीको वेबसाइट खोल्दा ‘प्रोक्सी एरर’ देखाइरहेको छ ।

यसअघि एनसेलको आधिकारिक वेबसाइट एनसेल डट आजियाटा डट कम (ncell.axiata.com) डोमेनमा थियो । एनसेलको मुख्य कम्पनीबाट आजियाटा हटेसँगै वेबसाइट माइग्रेट गरिरहेकाले बन्द भएको हुनसक्ने अनुमान गरिएको छ ।

एनसेलले भने आधिकारिक रूपमा वेबसाइट किन डाउन भएको हो भन्ने खुलाएको छैन । बिहीवारसम्म एनसेलका विज्ञप्ति तथा अन्य जानकारी आजियाटाकै वेबसाइटमा आइरहेका थिए ।

प्रयोगकर्ताले वेबसाइटबाट लिइरहेको एनसेलका सेवा अब कुन वेबसाइटबाट लिन्छन् भन्ने खुलेको छैन । त्यसबाहेक नयाँ वेबसाइट कुन डोमेन वा सबडोमेनमा हुन्छ भन्ने पनि स्पष्ट छैन । 

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८० १४:४३