close

२५ हजार मूल्यमा ‘भिभो वाई २७ एस’ सार्वजनिक, पहिलो पाँच हजार ग्राहकलाई इयरबड निःशुल्क

टेकपाना टेकपाना

मंसिर २४, २०८० १४:५०

२५ हजार मूल्यमा ‘भिभो वाई २७ एस’ सार्वजनिक, पहिलो पाँच हजार ग्राहकलाई इयरबड निःशुल्क

काठमाडौं । भिभोले नेपाली बजारमा ‘वाई’ सिरिज अन्तर्गत नयाँ मोडेल 'वाई २७ एस' सार्वजनिक गरेको छ ।​ आइतवार एक कार्यक्रम गर्दै कम्पनीले यो मोडेल नेपाली बजारमा उपलब्ध गराएकाे हाे ।

अल्ट्रा–स्लिम डिजाइनमा उपलब्ध वाई २७ एस बरगन्डी ब्ल्याक र गार्डेन ग्रीन गरी दुई ओटा कलर अप्सनमा खरिद गर्न सकिनेछ ।

याे फाेनमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.६४ इन्च आईपीएस एलसीडी डिस्प्ले रहेको छ । एन्ड्रोइड १४ ओएस भएको यो फोन क्वाल्कम एसएम६२२५ स्न्यापड्रागन ६८० फोरजी चिपसेटद्वारा सञ्चालित छ ।

८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्लल स्टोरेज भेरियन्टमा याे फाेन खरिद गर्न सकिनेछ ।

क्यामेराको सन्दर्भमा ५० मेगापिक्सेलको मुख्य र २ मेगापिक्सेलको डेप्थ सेन्सर छ । सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको क्यामेरा छ । यसबाट प्रयोगकर्ताले १०८० पिक्सेल भिडिओ ३० एफपीएसमा खिच्न सक्नेछन् ।

फाेनमा ५००० एमएएच क्षमताको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न ४४ वाटको फ्ल्याशचार्जर उपलब्ध गराइएको छ । यसको छेउमा फिङ्गरप्रिन्ट सेन्सर छ ।

कम्पनीले यो स्मार्टफोन सार्वजनिक गर्दै #vivoCoolAmbassador अभियान पनि सुरु गरेको छ । यसअन्तर्गत प्रयोगकर्ता भिडिओ बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भिभो वाई सिरिजको 'कुल एम्बेसेडर' बन्न सक्नेछन् । सहभागीमध्ये सबैभन्दा बढी मन पराइएका भिडिओबाट पहिलो विजेताले भिभो वाई २७ एस स्मार्टफोन जित्न सक्नेछन् र फोटोशुट गर्ने अवसर पनि पाउनेछन् ।

त्यस्तै दोस्रो विजेताले फोटोशुट गर्ने अवसरसहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार तथा फोटोशुटको अवसर पाउनेछन् ।

यसबाहेक वाई २७ एस खरिद गर्ने पहिलो ५००० ग्राहकहरुले निःशुल्क इयरबड पाउने कम्पनीले जनाएकाे छ । यो अभियान ११ डिसेम्बर २०२३ (सोमवार) देखि सुरु भएर २७ डिसेम्बर २०२३ सम्म सञ्चालन हुनेछ ।

कम्पनीले नेपाली बजारमा यो फोनको मूल्य २४ हजार ९९९ रुपैयाँ कायम गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८० १५:७