close

अन्तरिक्षमा भेटियो आठ महिनादेखि हराइरहेको गोलभेँडा

टेकपाना टेकपाना

मंसिर २४, २०८० १६:३९

अन्तरिक्षमा भेटियो आठ महिनादेखि हराइरहेको गोलभेँडा

काठमाडौं । आठ महिनादेखि अन्तरिक्षमा हराइरहेको गोलभेँडा भेटिएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अन्तरिक्ष यात्रीहरूले उब्जाएको पहिलो गोलभेँडा आठ महिनापछि फेला परेकाे हो ।

३७० दिनसम्म अन्तरिक्षमा बसेर कीर्तिमान राखेका अमेरिकी अन्तरिक्ष यात्री फ्रान्क रुबियोले गत मार्चमा गोलभेँडा खेती गरेका थिए । उनी पृथ्वीमा फर्केपछि अन्य अन्तरिक्ष यात्रीहरूले गोलभेँडा नभेटेपछि रुबियोले नै खाएको अनुमान लगाएका थिए ।

तर हालै नासाका अन्तरिक्षयात्री जास्मिन मोगबेलीले आईएसएसको २५औं वार्षिकोत्सवको अवसरमा गोलभेँडा भेटिएको बताएकी हुन् । तर उनले गोलभेँडाको हालको अवस्थाबारे भने बताइएकी छैनन् । यद्यपि उक्त गोलभेँडालाई भोजनमा प्रयोग भने नगरिने बताइएको छ ।

नासाले अन्तरिक्षमा तरकारी खेतीको सम्भाव्यताबारे अध्ययन गर्न ‘भेज फाइभ’ परियोजना थालेको थियो । त्यसै अन्तर्गत उक्त गोलभेँडा फलाइएको थियो । यदि त्यो परियोजना सफल भए आगामी अन्तरिक्ष मिसनहरूमा यात्रीहरूलाई लामो समय राख्न सकिने बताइएको छ ।

स्पेसबाट

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८० १६:३९