close

नेपालको डिजिटलाइजेसनमा सघाउने नोकियाको प्रतिबद्धता

टेकपाना टेकपाना

मंसिर २३, २०८० १४:२९

नेपालको डिजिटलाइजेसनमा सघाउने नोकियाको प्रतिबद्धता

काठमाडौं । नेपालको डिजिटलाइजेसनमा नोकियाले योगदान गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रवार आयोजित 'एक्सेलेरेटिङ इन्डस्ट्री ४.० विथ नोकिया' कार्यक्रममा नेपालकाे डिजिटलाइजेसनमा कम्पनी प्रतिबद्ध रहेकाे जनाएको हाे ।

कार्यक्रममा नोकियाले नेपालका इन्टरनेट सेवा प्रदायकहरूमार्फत ब्रोडब्यान्ड सेवा प्रदान गर्न र डिजिटल पूर्वाधार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरेको छ । सन् २०१७ मा नेपालको नेटवर्कको क्षेत्रमा भित्रिएको नोकियाले  हालसम्म १२ लाखभन्दा बढी नेपालीको घरमा फिक्स्ड ब्रोडब्यान्ड सेवा पुर्‍याउन सफल भएको दाबी गरेको छ । 

त्यस्तै उद्यमी, सरकार र सार्वजनिक क्षेत्रका एजेन्सीहरूलाई नवीन प्रविधि, स्मार्ट अटोमेसन र एड्भान्स्ड एनालिटिक्सद्वारा सशक्तीकरण गरेर नेपाललाई डिजिटल युगमा लैजान समर्पित रहेको नोकियाले बताएको थियो । उक्त कार्यक्रममा उद्योग तथा सरकारको क्षमता बढाउन डिजिटलाइजेसनले खेल्ने भूमिकाबारे समेत छलफल गरिएको थियो । 

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८० १४:३०