close

सरकारले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

मंसिर २६, २०८० १०:१४

सरकारले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव माग गरेको छ ।

एक सूचना जारी गर्दै मन्त्रालयले नवप्रवर्तनकारी ज्ञान, सीप र क्षमताको प्रयोग गरी ख्याति आर्जन गरेका उद्यमीहरूलाई पुरस्कारका लागि प्रस्ताव माग गरेको हो ।

सूचना प्रविधि, कृषि, ऊर्जा, प्रविधि विकास, रोजगारी सिर्जना, उपकरणजन्य आविष्कार लगायतका क्षेत्रमा काम गरेका उद्यमीले आवेदन दिनसक्ने छन् ।

इच्छुक आवेदकले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड, २०८० बमोजिम सूचना प्रकाशित भएको ३० दिन निवेदन दिनुपर्ने छ । तर यसअघि पुरस्कृत भइसकेका उद्यमीलाई भने पुरस्कारमा सहभागी नगराइने मन्त्रालयले जनाएको छ ।

यसबारे थप बुझ्न तथा निवेदन ढाँचा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १०:१४