close

गुगल मेसेजमा पनि अब पठाइसकेको टेक्स्ट एडिट गर्न मिल्ने

टेकपाना टेकपाना

मंसिर २६, २०८० १२:४८

गुगल मेसेजमा पनि अब पठाइसकेको टेक्स्ट एडिट गर्न मिल्ने

काठमाडौं । गुगल मेसेजमा चाँडै नै पठाइसकेको मेसेज एडिट गर्न मिल्ने फिचर आउने भएको छ । द एसपी एन्ड्रोइडका अनुसार एपको बेटा भर्सनमा यो फिचरको कोड रिफ्रेन्स फेला परेको छ ।

अहिले विकासको चरणमा नै रहेको यस फिचरबारे गुगलले आधिकारिक रूपमा बताएको भने छैन । आईमेसेज, ह्वाट्सएप जस्ता अन्य मेसेजिङ एपमा यो फिचर उपलब्ध भइसकेको छ ।

एप्पलले आईमेसेजमा आईओएस १६ पछि र मेटाले २०२३ लाग्दै ह्वाट्सएपमा यो फिचर ल्याएको थियो । यी मध्ये आईमेसेजमा दुई मिनेट र ह्वाट्सएपमा १५ मिनेटसम्ममा मेसेज एडिट गर्न सकिन्छ । त्यस्तै यी एपहरूमा पठाइसकेको मेसेज समेत डिलिट गर्न मिल्छ । 

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १५:४०