close

नेपाली बजारमा अनर स्मार्टफोनको मूल्य घट्यो

टेकपाना टेकपाना

मंसिर २६, २०८० १३:३१

नेपाली बजारमा अनर स्मार्टफोनको मूल्य घट्यो

 

काठमाडौं । नेपाली बजारमा अनर स्मार्टफोन ब्रान्डका तीन ओटा मोडेलको मूल्य घटेको छ । अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले विन्टर अफर अन्तर्गत ‘अनर एक्स नाइन ए’,  ‘अनर एक्स एट ए’ र ‘अनर एक्स सेमेन ए’ मोडेलमा छुट दिएको हो ।

यसअन्तर्गत २२ हजार ९९० रूपैयाँ पर्ने ‘एक्स सेभेन ए’ मोडेलमा तीन हजार छुट दिइएको छ । त्यस्तै ३० हजार ४९० रूपैयाँ पर्ने ‘एक्स एट ए’ मा दुई हजार छुट दिइएको छ । कम्पनीले केही समय पहिले ‘एक्स नाइन ए’ मा छ हजार छुट दिने घाेषणा गरेकाे थियो ।

यसअन्तर्गत ग्राहकले ३९ हजार ९९० रूपैयाँमा यो फोन किन्न सक्नेछन् । सीमित अवधिका लागि यो अफर सञ्चालन गरिएको जानकारी दिँदै सेल्ट्रोन नेपालले अनलाइन र अफलाइन दुवै प्लेटफर्ममार्फत छुट सहितको मूल्यमा फोन किन्न सकिने जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १३:३१