close

१९ हजार रुपैयाँमै १०८ मेगापिक्सेल क्यामेरा र ६ जीबी र्‍याम भएको रियलमी फोन नेपालमा

टेकपाना टेकपाना

मंसिर २६, २०८० १४:१६

१९ हजार रुपैयाँमै १०८ मेगापिक्सेल क्यामेरा र ६ जीबी र्‍याम भएको रियलमी फोन नेपालमा

काठमाडौं । नेपाली बजारमा 'रियलमी सी ५३' स्मार्टफाेनकाे नयाँ भेरियन्ट भित्रिएकाे छ । यसअघि ४ जीबी र्‍याम तथा १२८ जीबी स्टाेरेज भेरियन्टमा उपलब्ध भएकाेमा कम्पनीले हालै ६ जीबी र्‍याम तथा १२८ जीबी स्टाेरेज भएकाे फाेन ल्याएकाे हाे । 

'क्यामराको च्याम्पियन' ट्यागलाइनमा सार्वजनिक रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा दिइएकाे छ । 'सी' सिरिजमध्ये १०८ मेगापिक्सेल क्यामेरा पाएकाे याे पहिलाे फाेन हाे ।

यसमा रहेकाे ठूलो क्यामेरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्स्ड हाइलाइटहरू र स्याडोज तथा डिप टेक्स्चर शटहरू प्रदान गर्ने कम्पनीकाे भनाइ छ ।

९० हर्ज रिफ्रेसरेट सहित ६.७४ इन्चको डिस्प्ले रहेकाे फाेनमा १८ वाट क्विक चार्जको सुविधासहित ५००० एमएएचको ब्याट्री राखिएको छ ।

रियलमी सी ५३ गोल्ड र ब्ल्याक कलरमा उपलब्ध छ । यसकाे ​मूल्य रु. १८,९९९ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १४:२६