close

इस्लिङ्टन कलेजमा साइबर सेक्युरिटी रिसर्च सेन्टर स्थापना

टेकपाना टेकपाना

मंसिर २६, २०८० १५:४८

इस्लिङ्टन कलेजमा साइबर सेक्युरिटी रिसर्च सेन्टर स्थापना

काठमाडौं । इस्लिङ्टन कलेजले शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र स्थापना गरेको छ । साइबर सुरक्षाका खतराबारे गरिने अनुसन्धानलाई प्रोत्साहित गर्ने याेजनासहित केन्द्रको स्थापना गरिएको कलेजले जनाएकाे छ ।

कलेजका अनुसार साइबर सुरक्षाका प्रविधिहरू अन्वेषण गर्न र डिजिटल फरेन्सिक अभ्यास गर्न यस अनुसन्धान केन्द्र प्रयोगमा ल्याइने छ । यसबाट साइबर सुरक्षाको शिक्षा र अनुसन्धानलाई नेपालमा अगाडि बढाउन सहयाेग मिल्ने विश्वास गरिएको छ ।

साथै यस केन्द्रले शिक्षण संस्था र उद्योगबीचको अन्तर पूरा गर्न समेत भूमिका खेल्ने जनाइएको छ । यसका लागि केन्द्रमा डिजिटल फरेन्सिक प्रयोगशाला, सेक्युरिटी अपरेसन सेन्टर, रिसर्च सेन्टरजस्ता पूर्वाधार राखिएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८० १५:४८