close

फोनपेको अध्यक्षमा पूर्व बैंकर जोशी नियुक्त, विश्वास ढकालले दिए राजीनामा

टेकपाना टेकपाना

मंसिर २८, २०८० १३:४२

फोनपेको अध्यक्षमा पूर्व बैंकर जोशी नियुक्त, विश्वास ढकालले दिए राजीनामा

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपेको सञ्चालक समितिकाे अध्यक्ष पदबाट विश्वास ढकालले राजीनामा दिएका छन् । एफवन सफ्ट ग्रुप अन्तर्गत भगिनी संस्थाका रूपमा सन् २०१९ मा स्थापना भएकाे फाेनपेकाे नेतृत्वबाट ढकाल अलग्गिएका हुन् । उनको ठाउँमा पूर्वबैंकर सशिन जोशी नियुक्त भएका छन् ।

बुधवार नवनियुक्त अध्यक्ष जाेशीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट शपथ लिई पदबहाली गरे । यसअघि उनी फोनपेको स्वतन्त्र सञ्चालकको रुपमा आवद्ध थिए ।

जोखिम व्यवस्थापन, रणनीतिक योजना र अन्तर्राष्ट्रिय व्यापारमा विशेष दख्खल राख्ने बैंकरको रुपमा जोशी परिचित रहेको फोनपेले उल्लेख गरेको छ । करिब दुई दशकदेखि उनी नेपालका विभिन्न बैंकिङ संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।

फोनपेको अध्यक्षको रुपमा काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेकाे बताउँदै जाेशीले फोनपेलाई अझै बढी सबल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न कम्पनीकाे व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८० १४:१७