close

जिल्ला प्रशासन कार्यालय भक्तपुरको फेसबुक पेजमा अश्लील सामग्री पोस्ट, ह्याक भएको आशंका

टेकपाना टेकपाना

मंसिर ३०, २०८० १९:२८

जिल्ला प्रशासन कार्यालय भक्तपुरको फेसबुक पेजमा अश्लील सामग्री पोस्ट, ह्याक भएको आशंका

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आधिकारिक फेसबुक पेजमा अश्लील भिडिओ सामग्री पोस्ट भएको पाइएको छ । उक्त पेजमार्फत शनिवार त्यस्तो सामग्री पोस्ट भएको हो ।

कार्यालयको आधिकारिक वेबसाइटमा लिङ्क गरिएको सो फेसबुक पेजमा १० अक्टोबर २०२२ का दिन जिल्ला प्रहरी परिसर, भक्तपुरको पोस्ट शेयर गरिएको छ, जुन उक्त पोस्ट आउनुभन्दा अगाडिको अन्तिम पोस्ट हो । त्यसपछि निस्क्रिय रहेको उक्त पेजमार्फत अश्लील सामग्री पोस्ट राखेको देखिएपछि ह्याक भएको आशंका गरिएको छ ।

यसबारे सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलासँग बुझ्दा आफूलाई यसबारे केही थाहा नभएको र बुझ्न लगाउने जानकारी दिए ।

उक्त पेजबाट पाेस्ट गरिएकाे भिडिओमा विभिन्न  ह्यासट्यागहरूसहित क्याप्सन राखिएको छ । जसमा क्लिक गर्दा उस्तै प्रकारका अश्लील सामग्री देखिन्छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० १९:४१