close

एनसेलमा प्रचण्डले अर्बौंको भष्ट्राचार गर्‍‍यो भन्ने ‘फटाहा’ हरूको मुखमा बुझो लागेको छ: प्रम

टेकपाना टेकपाना

पुस १, २०८० १६:१६

एनसेलमा प्रचण्डले अर्बौंको भष्ट्राचार गर्‍‍यो भन्ने ‘फटाहा’ हरूको मुखमा बुझो लागेको छ: प्रम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही ‘फटाहा’ व्यक्तिले आफूलाई एनसेलमा अर्बौंको भ्रष्ट्राचार गर्‍यो भनेर जनतामा भ्रम सिर्जना गरिरहेको बताएका छन् । आइतवार महोत्तरीस्थित जनता मावि गौरीडाँडाको स्वर्ण महोत्सवका अवसरमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारले राम्रो काम गरिरहेको बेला एनसेल प्रकरणसँग जोडेर जनतालाई भ्रमित पार्न खोजिएको आराेप लगाए ।

“मेरो नेतृत्वको सरकारले विश्वव्यापी रूपमा र देशमा पनि सामाजिक न्याय, सुशासन, र समृद्धिका पक्षमा थालेका कामहरू, अर्थतन्त्र सुधारका निम्ति कामहरूबाट आतङ्कित भएर मलाई एनसेलमा अर्बौंको भष्ट्राचार गर्‍‍यो प्रचण्डले भन्ने प्रचार भएको देखें,” उनले भने, “...गठबन्धनको पनि बैठक, क्याबिनेटको पनि बैठकबाट एनसेलसम्बन्धी भएका गतिविधिहरूको समग्र छानबिन गर्नका लागि छानबिन समिति बनाएपछि केही फटाहाहरू जसले जानिबुझी सरकारलाई राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्र अन्तर्गत प्रचारबाजी गरेकाले तिनीहरूको मुखमा अहिले बुझो लागेको छ ।”

त्यस्तै उनले केही व्यक्तिले जानिबुझी नेपाली जनतालाई भ्रमित पार्ने, विकास र समृद्धिको यात्रालाई, सामाजिक न्यायको यात्रालाई दिग्भ्रमित गर्ने कोसिस गरेको भनाइ राखे ।

पछिल्लो अध्यावधिक: पुस १, २०८० १६:४६