close

गुगलमा २५ वर्षयता सबैभन्दा बढी खोजिए क्रिस्टियानो रोनाल्डो

टेकपाना टेकपाना

पुस ३, २०८० १४:२९

गुगलमा २५ वर्षयता सबैभन्दा बढी खोजिए क्रिस्टियानो रोनाल्डो

काठमाडौं । २५ वर्षको अवधिमा गुगलमा सबैभन्दा बढी खोजिने खेलाडीमा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो परेका छन् । गुगलले हालै सार्वजनिक गरेको '20 Years in Search' शीर्षकको भिडिओमा यस्तो तथ्याङ्क देखिएको हो ।

गुगलका अनुसार २५ वर्षको अवधिमा गुगल सर्चमा सबैभन्दा बढी सर्च गरिएको दशक १९८० हो । त्यस्तै खेलमा फुटबल, सर्वाधिक मूल्यवान खेलाडीमा (एमभीपी) लेब्रन जेम्स, क्रिकेटरमा विराट कोहली सबैभन्दा बढी खोजिनेमा परेका छन् ।

त्यसैगरी चलचित्रमा ह्यारी पोटरको 'आई जस्ट लाइक टु से, थाङ्क्स' संवाद बाेलेकाे अभिनय सबैभन्दा बढी खोजियो । चलचित्रकाे विधामा राेमान्टिक, पुरुष म्युजिक ब्यान्डमा बीटीएस, महिला म्युजिक ब्यान्डमा ब्ल्याक पिङ्क सबैभन्दा बढी सर्च गरिए ।

त्यसैगरी २५ वर्षको अवधिमा बढीभन्दा बढी सर्च गरिने रक ब्यान्ड बिटल्स रहेको छ भने सबैभन्दा बढी खोजिएको काल्पनिक राजकुमारी (फिक्सनल प्रिन्सेस) एरियल रहेको छ ।

सबैभन्दा बढी सर्च गरिएको ठाउँमा आईफिल टावर रहेको छ भने सहरमा न्यूयोर्क रहेको छ ।

गुडियामा बार्बी, ईमोजीमा हार्ट ईमोजी, हेयरकटमा बब हेयरकट, भिडिओ गेममा माइनक्राफ्ट र गीतकारमा टेलर शिफ्ट सर्वाधिक खोजिए ।

गुगलका अनुसार सबैभन्दा बढी सर्च गरिएको सफल क्षण 'न्युक्लियर फ्युजन प्रयोग गर्ने मानिसको प्रयास' हो । सुपर हिरोमा स्पाइडरम्यान, वैज्ञानिकमा अल्बर्ट आइन्स्टाइन तथा च्यालेन्समा बकेट च्यालेन्ज पनि २५ वर्षमा सर्वाधिक सर्च गरिएका वस्तुको सूचीमा परेका छन् ।

गुगलका अनुसार २५ वर्षमा सबैभन्दा बढी सर्च गरिएको आन्दोलन 'ब्ल्याक लाइभ्स म्याटर (Black Lives Matter) हो ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८० १४:२९