close

एनसेल शेयर खरिद-बिक्री प्रकरणमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

टेकपाना टेकपाना

पुस ३, २०८० १५:२९

एनसेल शेयर खरिद-बिक्री प्रकरणमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरणमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले दायर गरेको उक्त रिटमा मङ्गलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले सो आदेश दिएको हो ।

नेपालको कानूनी प्रक्रियालाई छलेर राज्यलाई हानी पुग्ने गरी अपारदर्शी तवरमा शेयर खरिदबिक्री भएको दाबी गर्दै सिंहले गत मंसिर २२ मा सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।  निवेदनमा एनसेल,  नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आन्तरिक राजस्व विभाग ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएकाे छ । 

न्यायाधीश राउतले उक्त रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएका छन् ।
 

पछिल्लो अध्यावधिक: पुस ३, २०८० १५:३९