close

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल नियुक्त

टेकपाना टेकपाना

पुस ३, २०८० १९:०

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा रामु पौडेल नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको वित्तीय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रहेका पौडेललाई हालै एनसीएचएम बोर्डको नेतृत्वमा चयन गरिएको हो ।

नवनियुक्त अध्यक्ष पौडेललाई सोमबार राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिए । पौडेलसँग २२ वर्षभन्दा बढीको राष्ट्र बैंकका विभिन्न विभागहरूमा काम गरेको अनुभव रहेको छ ।

एनसीएचएल बोर्डमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र एकजना स्वतन्त्र निर्देशकको प्रतिनिधित्व रहेको छ । एनसीएचएल नेपालमा बहुराष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न राष्ट्र बैंक र अधिकांश बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धन गरिएको पब्लिक लिमिटेड कम्पनी हो ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८० १९:०