close

विश्वकै ठूलो ईभी ब्याट्री निर्माता सीएटीएलको आधिकारिक सर्भिस सेन्टर खोल्दै सीजी मोटर्स

टेकपाना टेकपाना

पुस ४, २०८० १६:३०

विश्वकै ठूलो ईभी ब्याट्री निर्माता सीएटीएलको आधिकारिक सर्भिस सेन्टर खोल्दै सीजी मोटर्स

काठमाडौं । सीजी मोटर्सले विश्वकै सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सीएटीएलको आधिकारिक सर्भिस सेन्टर स्थापना गर्ने भएको छ । कम्पनीले दिएको जानकारी अनुसार उक्त सर्भिस सेन्टर स्थापनाको तयारी अगाडि बढिसकेको छ ।

सीजी मोटर्सले नेपालमा १५ सयभन्दा धेरै सङ्ख्यामा बिक्री भएको गाडी नेटा, लाइट कमर्सियल भेहिकल केवाईसी र किङलङ ईभी बिक्री गर्दै आएको छ । ती सबै गाडीहरूमा सीएटीएलकै ब्याट्री जडान भएको छ । विद्युतीय गाडीहरू बिक्री वितरणको प्रमुख हिस्सा रहेकाले आफूलाई आधिकारिक सर्भिस सेन्टरको काम सुरु गर्न निर्देशन प्राप्त भएको सीजी मोटर्सले जनाएको छ ।

साझेदारीको रूपमा स्थापना हुने उक्त सर्भिस सेन्टरले नेपालमा सीएटीएलको आधिकारिक सर्भिस कम्पनीका रूपमा काम गर्ने बताइएको छ । साथै सीएटीएल ब्याट्रीसँग सम्बन्धित सम्पूर्ण सेवाहरू पनि नेपालमै दिन सक्ने गरी सीएटीएलको सेवा उपयोग गरिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८० १७:२२