close

गुगल प्ले स्टोरमा नयाँ फिचर, एउटा डिभाइसबाट अर्को डिभाइसमा एप अनइन्स्टल गर्न सकिने

टेकपाना टेकपाना

पुस ५, २०८० ११:१७

गुगल प्ले स्टोरमा नयाँ फिचर, एउटा डिभाइसबाट अर्को डिभाइसमा एप अनइन्स्टल गर्न सकिने

काठमाडौं । गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताका लागि प्ले स्टोरमा नयाँ अपडेट ल्याएको छ । यसअन्तर्गत प्रयोगकर्ताले एउटा डिभाइसबाट अर्को डिभाइसमा एप्लिकेसन अनइन्स्टल गर्न सक्नेछन् ।

गुगलका अनुसार स्मार्टफोन, कम्प्युटर, स्मार्टटिभी, स्मार्टवाच, गाडी वा एन्ड्रोइड अपरेटिङ सिस्टम चल्ने अन्य डिभाइसबाट अर्को डिभाइसमा एपहरू अनइन्स्टल गर्न सकिनेछ । यसका लागि डिभाइसहरूमा एउटै गुगल अकाउन्ट लगइन भएकाे हुनुपर्ने छ ।

नयाँ अपडेट ३८.८ ले साइज वा लोकेसन अनुसार क्रमबद्ध रूपमा उपयोगी सूचीमा प्रयोगकर्ताका सबै एपहरू देखाउने बताइएको छ । कम्पनीले याे अपडेट सीमित प्रयोगकर्ताका लागि उपलब्ध गराएको र क्रमशः सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०८० ११:२७