काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नेपालका बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रूपमा सम्मानित भएको छ ।
नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा आइतवार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई ‘हाइएस्ट ट्रान्जेक्सन अवार्ड’ मार्फत सम्मानित गरेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरे ।
बैंकका हाल सात ओटै प्रदेशका ७७ जिल्लामा शाखा कार्यालय, २६९ एटीएम, ९९ ओटा शाखारहित बैंकिङ सेवा, ६९ ओटा एक्स्टेन्सन काउन्टर, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा सञ्चालनमा रहेका छन् ।
पछिल्लो अध्यावधिक: पुस १०, २०८० १०:४९
