close

साम अल्टम्यान र जोनी आइभसँग काम गर्न आईफोनका मुख्य प्रडक्ट डिजाइनरले छोडे एप्पल

टेकपाना टेकपाना

पुस १२, २०८० १०:१२

बायाँबाटः जोन आइभ र साम अल्टम्यान बायाँबाटः जोन आइभ र साम अल्टम्यान

काठमाडौं । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग काम गर्न आईफोनका प्रमुख प्रडक्ट डिजाइनर ताङ तानले कम्पनी छाड्ने भएका छन् । आईफोनसहित आईप्याड, एप्पल वाचको डिजाइनमा प्रमुख भूमिका निर्वाह गरेका तान 'लभफ्रम' (LoveFrom) नामक कम्पनीमा जाने भएका हुन् ।

ब्लुमबर्गका अनुसार एआई हार्डवेयर सम्बन्धी परियोजनामा काम गर्न तानले आउँदो फेब्रुअरीदेखि एप्पल छाड्नेछन् । तान जान लागेको कम्पनी लभफ्रम एप्पलकै पूर्व प्रडक्ट डिजाइनर जोनी आइभले सुरु गरेका हुन् । हाल यस कम्पनीमा एप्पलमा काम गरिसकेका २० भन्दा बढी पूर्वकर्मचारी रहेको बताइन्छ । 

त्यस्तै तानले काम गर्ने परियाेजना अहिले प्रारम्भिक चरणमा नै रहेको ब्लुमबर्गले जनाएको छ । अल्टम्यानले भने ती परियोजना सम्पन्न गर्न आवश्यक पर्ने सफ्टवेयर उपलब्ध गराउने बताइएको छ । यद्यपि लभफ्रमसँगको अल्टम्यानको भूमिकाबारे भने केही खुलाइएको छैन । आधुनिक एआई परियोजनामा अघि बढेका उनीहरूले बजारमा कस्तो उत्पादन ल्याउलान् भन्ने विषयमा धेरैले चासो देखाएका छन् ।

पछिल्लो अध्यावधिक: पुस १२, २०८० १०:२४