close

इन्जिनियरिङ लाइसेन्स पाएकालाई निःशुल्क अभिमुखीकरण तालिम दिइँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

पुस १३, २०८० ९:२

इन्जिनियरिङ लाइसेन्स पाएकालाई निःशुल्क अभिमुखीकरण तालिम दिइँदै, यसरी बन्नुहोस् सहभागी

 

काठमाडौं । इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा उत्तीर्ण इन्जिनियरहरूलाई अभिमुखीकरण तालिम दिइने भएको छ । गत २२ मंसिरदेखि २८ गतेसम्म सञ्चालन भएको परीक्षामा उत्तीर्ण इन्जिनियरहरूलाई नेपाल इन्जिनियरङ परिषद् (एनईसी)ले नि:शुल्क अभिमुखीकरण दिने भएको हो । 

परिषद्का रजिष्ट्रार शिव मंगल गिरीका अनुसार तालिममा भाग लिन इच्छुक इन्जिनियरले अनलाइन फाराम भर्नुपर्ने हुन्छ । कार्यक्रम हुने मितिबारे भने फाराम संख्याका आधारमा केही समयपछि सार्वजनिक गरिने उनले बताए ।

तालिममा इन्जिनियरिङ सम्बन्धी आचारसंहिता, ऐनकानून तथा विभिन्न अभ्यासबारे जानकारी दिइने छ । तालिममा सहभागी हुन यहाँ क्लिक गरी फाराम भर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: पुस १३, २०८० ९:२