close

५७ लाख रुपैयाँ पर्ने फोटोनको ईभी भ्यान नेपालमा, रेञ्ज २३५ किलोमिटर

टेकपाना टेकपाना

पुस १७, २०८० ११:१६

५७ लाख रुपैयाँ पर्ने फोटोनको ईभी भ्यान नेपालमा, रेञ्ज २३५ किलोमिटर

काठमाडौं । नेपाली बजारमा फोटोनको १४ र १५ सिट भएको ईभी भ्यान सार्वजनिक भएको छ । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लुले सोमवार एक कार्यक्रम गर्दै यो गाडी सार्वजनिक गरेको हो ।

यसको लम्बाइ ५३२० एमएम, चौडाइ १६९५ एमएम र उचाइ २२८० एमएम रहेको छ । गाडीकाे अगाडि भागमा १४७० एमएम र पछाडि १४६५ एमएमको ह्विल ट्रयाक रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स भने १८० एमएम छ । १०० किलोमिटर प्रतिघण्टा टप स्पिड भएको यस गाडीको टर्निङ रेसियो ६.३५ मिटर छ ।

कम्पनीका अनुसार यो गाडीले १४ सेकेन्डमा  शून्यदेखि १०० किलोमिटरको स्पिड पकड्न सक्छ । गाडीमा ५०.२३ किलोवाट आवर क्षमताको सीएटीएक लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । कम्पनीले यो ब्याट्रीलाई एक पटक फूल चार्ज गर्दा २३५ किलो मिटर रेञ्ज दिने दाबी गरेको छ । यो हाई रुफ ईभी भ्यानमा ८५ किलोवाटको पावर रहेको कम्पनीले जनाएको छ । अगाडि डिस र पछाडि ड्रम ब्रेक भएको गाडीमा ब्रेक क्लियरेन्स सेल्फ एडजस्टिङको सुविधा समेत रहेको छ ।

कम्पनीका अनुसार यसको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ (१५ सिटर) छ । तीन लाख कीमी वा पाँच वर्षसम्मको वारेन्टी उपलब्ध हुने यो गाडी खरिदमा ८०% फाइनान्सिङको सुविधा समेत उपलब्ध गराउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस १७, २०८० ११:१६