close

प्राइम कलेजमा आईसीटी मिटअप, प्रोजेक्ट डेमोदेखि वर्कशप र ई-स्पोर्ट्स प्रतिस्पर्धासम्म हुने

टेकपाना टेकपाना

पुस १८, २०८० १३:४६

प्राइम कलेजमा आईसीटी मिटअप, प्रोजेक्ट डेमोदेखि वर्कशप र ई-स्पोर्ट्स प्रतिस्पर्धासम्म हुने

काठमाडौं । आउँदो सोमवार र मङ्गलवार प्राइम कलेजमा साताै संस्करणकाे आईसीटी मिटअप आयोजना हुने भएको छ । कलेज अन्तर्गतकै प्राइम आईटी क्लबले सातौं संस्करणको आईसीटी मिटअप आयोजना गर्न लागेको हो ।

दुई दिने कार्यक्रममा वर्कशप, सेसन, प्रतियोगिता, परियोजना प्रदर्शनी लगायतका गतिविधि हुने बताइएकाे छ । यसअन्तर्गत प्रम्प्ट इन्जिनियरिङ, कम्प्युटर भिजन, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र डेटा साइन्सको विषयमा वर्कशपमा सञ्चालन हुने कलेजले जनाएको छ ।

यसैगरी ‘रिसर्च पेपर रिडिङ’, ‘स्कोप अफ गेम डेभलपमेन्ट इन नेपाल’ र ‘एआई इन फाइनान्स’ विषयमा सेसन सञ्चालन हुनेछन् ।​ यसबाहेक प्रोजेक्ट डेमो, फोटोग्राफी, ग्राफिक्स डिजाइन र आइडियाथन  सम्बन्धी प्रतियोगिताहरू पनि सञ्चालन हुने बताइएकाे छ ।
त्यस्तै ईस्पोर्टसमा भ्यालोरेन्ट टुर्नामेन्ट हुने भएको छ । यी प्रतियोगितामा विजेता हुनेलाई पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगितामा भाग लिन यहाँ क्लिक गर्नुहोस् । 

प्राइम कलेजमा स्नातक तहमा आईटी अध्ययनरत विद्यार्थीहरूले तयार पारेका विभिन्न परियोजनाहरू पनि प्रदर्शनीमा राखिने छ । यसबाहेक फुड स्टल, गेम स्टल, आईसीटी नाइट जस्ता गतिविधिहरू हुनेछन् ।

आईटीका विद्यार्थीलाई प्रोत्साहन गर्न, ज्ञान आदानप्रदान तथा नयाँ सीप विकास गर्न याे कार्यक्रम उपयोगी हुने बताइएको छ । कार्यक्रममा सूचना प्रविधिमा रुचि राख्ने जोकोही सहभागी हुन सक्नेछन् ।

कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८० १४:१९