close

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

टेकपाना टेकपाना

पुस २०, २०८० १३:३३

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

काठमाडौं । नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीवार राति काठमाडौंबाट उनलाई पक्राउ गरेको हो ।

परिसरका एसपी कुमोद ढुङ्गेलले भट्ट पक्राउ परेको पुष्टि गरे । हाल उक्त एपको सेवा ज्याप सर्भिसेस प्रालिमार्फत रिब्रान्डिङ भई 'टुटल बाई ज्याप'को नामबाट सञ्चालन भइरहेकाे छ । 

टुटलका तत्कालीन साझेदारहरूले भट्टमाथि आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकारको उलङ्घन गरेको भन्दै नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएकाे र त्यसमा आधारमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

टुटलकाे स्वामित्व हस्तान्त्रण गरेर भट्टले आफूले मात्रै लाभ लिएको आरोप लागेको छ । म्याद थपका लागि अदालत लगिएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस २०, २०८० १६:१