close

दूरसञ्चार प्राधिकरणको सहयोगमा आईओईमा आईसीटी एक्सिलेन्स सेन्टर खुल्दै

टेकपाना टेकपाना

पुस २४, २०८० १७:१५

दूरसञ्चार प्राधिकरणको सहयोगमा आईओईमा आईसीटी एक्सिलेन्स सेन्टर खुल्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा आईसीटी एक्सिलेन्स सेन्टर स्थापना हुने भएकाे छ । आईओईले नेपाल दूरसञ्चार प्राधिकरणसँगकाे सहकार्यमा 'एनटीए सेन्टर अफ एक्सिलेन्स फर रिसर्च एन्ड डेभलपमेन्ट' स्थापना गर्न लागेकाे हाे ।

साेमवार यी दुई निकायबीच आईसीटी एक्सिलेन्स सेन्टर स्थापनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । एक्सिलेन्स सेन्टरमा आईओईका स्नातकाेत्तर तथा पीएचडी तहका विद्यार्थीका लागि अनुसन्धान तथा विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने, नेटवर्क/साइबर सुरक्षा लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने लगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

यसका लागि दूरसञ्चार प्राधिकरणले आफ्नो वार्षिक बजेटबाट तीन करोड रुपैयाँ छुट्याएको ‍छ ।

यस सहकार्यले देशको डिजिटल अर्थव्यवस्था बढाउन, क्षमता अभिवृद्धि गर्न, प्राविधिक विकास गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका खेल्ने ​आईओईका सहप्राध्यापक बाबुराम दवाडीले बताए ।

पछिल्लो अध्यावधिक: पुस २४, २०८० १७:२३