close

जुनसुकै ब्राण्डको पुरानो गाडी नेटा भी ईभीसँग साट्न सकिने

टेकपाना टेकपाना

पुस २६, २०८० ११:४३

जुनसुकै ब्राण्डको पुरानो गाडी नेटा भी ईभीसँग साट्न सकिने

काठमाडौं । सीजी मोटर्स प्रालिले विद्युतीय सवारी साधन नेटा भीको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

हाललाई काठमाडौं उपत्यका लक्षित गरी आयोजना गरिएको यस एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

सीजी मोटर्सका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्यांकन चार लाख रुपैयाँ रहने छ ।

'स्वीच टु द प्योर ईभी' नारा दिइएको यस एक्सचेन्ज क्याम्पको उद्देश्य नेटा भीको प्रवर्द्धन गर्नु मात्र नभइ पुराना, प्रदूषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको कम्पनीले जनाएको छ ।

नेटा भी गाडीमा आठ वर्ष वा १,५०,००० किमीको वारन्टी रहेको छ ।

साथै यसमा रहेको एचईपीटी २.० प्रविधिले ब्याट्रीलाई तात्न वा बढी चिसो हुन दिँदैन । नेटा भी हाल ५० किलोवाटको एलफपी ब्याट्रीसहित शोरुमहरुमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८० ११:५८