close

अल्टिमाको प्रिमियम इयरबड बुम १६१ सार्वजनिक हुँदै, तत्काल किन्दा १ हजारको छुट

टेकपाना टेकपाना

माघ १, २०८० १५:२७

अल्टिमाको प्रिमियम इयरबड बुम १६१ सार्वजनिक हुँदै, तत्काल किन्दा १ हजारको छुट

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले बुम १६१ ईक्यू मोडेलको नयाँ इयरबड सार्वजनिक गर्ने भएको छ । कम्पनीले आउँदो बिहीवार अनलाइन मार्केट प्लेस दराजमा बुम सिरिजको उक्त इयरबड सार्वजनिक गर्ने भएको हो । 

यसअघि ल्याएको बुम १४१ एएनसी इयरबड सात हजार युनिट बिक्री भएको कम्पनीले जनाएको छ । अब भने प्रिमियम इयरबडका रूपमा बुम १६१ ईक्यू सार्वजनिक गर्न लागिएको हो । 

१३ एमएमको टाइटानियम ड्राइभर भएको यो इयरबडमा ब्यालेन्स, नर्मल र बस जस्ता इक्वेलाइजर मोडहरू रहेका छन् । जसले गर्दा यो इयरबडमा स्तरीय साउन्डमा क्लासिकल, रक, पडकास्ट, पप, जाज, र्‍याप जस्ता विभिन्न विधाका गीत संगीतको आनन्द लिन सकिने कम्पनीले जनाएको छ । 

ब्लुटुथ भर्सन ५.३ रहेको बुम १६१ ईक्यूले आईपीएक्स फोर रेटिङ पाएको छ । आईपीएक्स रेटिङ विद्युतीय उपकरणमा प्रवेश गर्न सक्ने पानी, धुलो र अन्य फोहोर प्रतिरोधी सुरक्षाको स्तर हो । आईपीएक्स रेटिङ शून्यदेखि नौसम्म हुन्छ ।

यसमा भएको टच कन्ट्रोल सुविधा प्रयोग गरी प्रयोगकर्ताले म्युजिक प्ले-पज, फर्वार्ड, ब्याकवार्ड र कल उठाउन तथा काट्न सक्नेछन् । यसलाई एक पटक चार्ज गर्दा ४२ घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । 

अल्टिमाले यो इयरबडमा ३० दिनको रिप्लेसमेन्ट वारेन्टी दिएको छ । यसको अर्थ उक्त अवधिभित्र फिर्ता गरेर अर्को इयरबड लिन सकिनेछ । 

यसका साथै ग्राहकले छ महिनाको वारेन्टी समेत पाउने छन् । यो इयरबडको सुरुवाती मूल्य दुई हजार ९९९ रुपैयाँ तोकिएको छ । 

१८ जनवरी २०२४ मा सार्वजनिक हुने भएकाले सुरुवाति ग्राहकले एक हजार रुपैयाँ छुटको साथ १,९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् । 

यस्तो छुट अफर बिहीवारदेखि आइतवारसम्म लागु हुने बताइएको छ । त्यस्तै आईएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकले १५० रुपैयाँसम्म क्याशब्याक पाउनेछन् । 

यो इयरबड खरिद गर्दा ग्राहकले ५०० रुपैयाँ बराबरको अल्टिमा गिफ्ट भौचर पनि पाउनेछन् । यसलाई अल्टिमाको आधिकारिक वेबसाइटबाट अन्य एक्सेसरिज खरिद गर्दा प्रयोग गर्न सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: माघ १, २०८० १५:५५