close

एनसीएचएल सिस्टमबाट एकै दिन ८४ अर्ब बढीको कारोबार

टेकपाना टेकपाना

माघ २, २०८० १६:५२

एनसीएचएल सिस्टमबाट एकै दिन ८४ अर्ब बढीको कारोबार

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्ना विभिन्न प्रणालीहरूमार्फत् पुस मसान्त (पुस २९) मा ८४ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छ्याेट गरेको छ ।

गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशतले वृद्धि भएको एनसीएचएलले जनाएको छ ।

एनसीएचएलका प्रणालीमध्ये एनसीएचएल ईसीसी, एनएसीएचएल आईपीएस र आरपीएसमार्फत क्रमश: ४१ अर्ब रुपैयाँ, १४ अर्ब रुपैयाँ र २९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार पुस २९ मा फर्छ्याेट भएको हो ।

एनसीएचएलका अनुसार विद्युतीय भुक्तानीको स्वीकार्यतासँगै आरपीएस अन्तर्गत कनेक्ट आईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेट पे, बैंक शाखाहरू, मोबाइल बैंकिङ, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरूमार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको छ  ।

त्यस्तै पुस २९ मा एनएसीएचएल आईपीएस र आरपीएसमार्फत एक अर्ब ६० करोड बराबरको राजस्व संकलन तथा छ अर्ब ८० करोड रुपैयाँ बराबरको सरकारी खर्च सम्बन्धी एक लाख २५ हजारभन्दा बढी भुक्तानी कारोबार भएका छन् ।

सरकारी भुक्तानी सम्बन्धी कारोबारहरू कनेक्टआईपीएस, कर्पोरेट पे, नेपालपे क्यूआर गेटवे, बैंक शाखाहरू, मोबाइल बैंकिङ तथा वालेटमार्फत गर्न सकिने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: माघ २, २०८० १७:१