close

पढाइ सुरु हुँदा समेत इन्जिनियरिङमा विद्यार्थी अपुग, कुन कलेजमा कति सिट खाली ?

सञ्जीवन राई सञ्जीवन राई

माघ ५, २०८० १५:३८

पढाइ सुरु हुँदा समेत इन्जिनियरिङमा विद्यार्थी अपुग, कुन कलेजमा कति सिट खाली ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को स्नातक तह बीई/बीआर्कको नयाँ शैक्षिक सत्र भएको छ । ​आईओईको एकीकृत भर्ना प्रणालीको तथ्याङ्क अनुसार शैक्षिक सत्र २०८०/८१ मा कुल भर्ना क्षमतामध्ये हालसम्म ३,२४५ (७४.७ प्रतिशत) विद्यार्थी मात्रै भर्ना भएका छन् । यस कुराले त्रिवि अन्तर्गतका इन्जिनियरिङ कार्यक्रममा विद्यार्थी अपुग भएको देखाउँछ ।

आईओई पदाधिकारीहरू भने यस शैक्षिक सत्रको भर्ना दर विगतका वर्षको जस्तै रहेको बताउँछन् । करिब पाँच लाख शुल्क बढेपनि आईओईमा विद्यार्थीको आकर्षण नघटेको उनीहरूको तर्क छ ।

​आईओई प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीमात्र स्नातक तहमा भर्नाका लागि योग्य हुन्छन् । हरेक वर्ष हुने प्रवेश परीक्षामा प्राय: कुल भर्ना क्षमताभन्दा बढी विद्यार्थीहरू सहभागी हुन्छन् । उत्तीर्ण विद्यार्थी संख्या पनि क्षमताभन्दा बढी नै हुन्छ । यो वर्षको प्रवेश परीक्षामा ९,७७१ जना सहभागी हुँदा ६, ७२१ परीक्षार्थी उत्तीर्ण भएका थिए ।

तर विगत छ वर्षको तथ्याङ्क हेर्ने हो भने आईओईले कहिल्यै पनि पूर्ण क्षमतामा विद्यार्थी पाउन सकेको देखिँदैन । यसको कारण आङ्गिक क्याम्पसहरू नभएर सम्बन्धनप्राप्त कलेजहरू भएको आईओईका एक अधिकारीले बताए । उनका अनुसार सम्बन्धनप्राप्त कलेजहरूमा ठूलो मात्रामा विद्यार्थी भर्ना हुँदैनन् । त्यसको असर आईओईको कुल विद्यार्थी भर्ना दरमा परिरहेको छ । 

शैक्षिक सत्र

विद्यार्थी क्षमता

अन्तिम भर्ना दर

कैफियत

२०७५

४,१७६

३,३८४ (८१.००%)

 

२०७६

४,२४८

३,६३८ (८५.६४%)

 

२०७७

४,२४८

३,६५५ (८६.०४%)

 

२०७८

४,३४४

३,६८० (८४.७१%)

 

२०७९

४,३४४

३,२८४ (७५.६०%)

 

२०८०

४,३४४

३,२४५ (७४.७०%)

पूर्ण हुन बाँकी

विगत ६ वर्षको विद्यार्थी भर्ना दर तथ्याङ्क, स्रोत-आईओई 

 

आङ्गिक कलेजमा भन्दा सम्बन्धनप्राप्त कलेजमा विद्यार्थी कम

यस वर्ष हालसम्म भर्ना भएका विद्यार्थीको तथ्याङ्क हेर्दा आङ्गिकभन्दा पनि सम्बन्धनप्राप्त कलेजहरूमा विद्यार्थीको भर्ना दर कम देखिन्छ । आङ्गिक कलेजहरूमा हालसम्म १४९ विद्यार्थी सिट खाली छ भने सम्बन्धनप्राप्त कलेजहरूमा ९५० विद्यार्थी भर्ना हुन बाँकी छन् । 

आङ्गिक क्याम्पसहरूमध्ये पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा सबैभन्दा बढी ६७ कोटा खाली छ । यस क्याम्पसमा मेकानिकलमा ३४, एग्रिकल्चरमा ३१, इलेक्ट्रिकल र  सिभिलमा १/१ विद्यार्थी भर्ना हुन बाँकी छन् ।

त्यसपछि क्रमश: पश्चिमाञ्चल, थापाथलीपुल्चोकमा विद्यार्थी सिट खाली छ ।  

यता सम्बन्धनप्राप्त कलेजहरूमध्ये कुल विद्यार्थी क्षमता २८८ भएको कान्तिपुर इन्जिनियरिङ कलेजमा सबैभन्दा बढी १९५ कोटा रिक्त छन् । हाल यो कलेजले तीन ओटा इन्जिनियरिङ विषय अध्यापन गराइरहेको छ । जसमध्ये इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड इन्फर्मेसनको कोटा ९६ रहेको छ । जसमा हालसम्म एक जना पनि विद्यार्थी भर्ना हुन आएका छैनन् । त्यसपछि क्रमश: ९६ सिट भएको सिभिलमा ७६ र ९६ नै सिट भएको कम्प्युटरमा २३ जना विद्यार्थी पढ्न आएका छैनन् । 

कान्तिपुरपछि धेरै सिट खाली हुने कलेजहरूमा क्रमश: जनकपुर इन्जिनियरिङ कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, एड्भान्स इन्जिनियरिङ कलेजहिमालय इन्जिनियरिङ कलेज, क्याथफोर्ड इन्जिनियरिङ कलेज, ललितपुर इन्जिनियर कलेज, सगरमाथा इन्जनियरिङ कलेज, नेस्नल इन्जिनियरिङ कलेजख्वप इन्जिनियरिङ कलेज रहेका छन् । 

त्यसमा पनि अझै गहिरिएर हेर्ने हो भने चितवन इन्जिनियरिङ क्याम्पसबाहेक अन्य कुनै पनि कलेजले क्षमता अनुसारका विद्यार्थी पाएका छैनन् ।

तर भर्नाको अवधि करिब दुई हप्ता बाँकी रहेकाले केही कलेजहरूले क्षमता अनुसार विद्यार्थी पाउनसक्ने सम्भावना रहेको आईओई पदाधिकारी बताउँछन् । 

त्यस्तै विषयगत कुरा गर्दा यसपटक ‘इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन’, ‘अटोमोबाइल’, ‘इलेक्ट्रिकल’ जस्ता इन्जिनियरिङ विषयमा विद्यार्थी कम भर्ना भएको देख्न सकिन्छ । कम्प्युटर इन्जिनियरिङमा भने विद्यार्थीको रुचि बढेको पाउन सकिन्छ ।

क्याम्पसको नाम

भर्ना क्षमता

खाली सिट

भर्ना संख्या

प्रतिशत 

पुल्चोक

६२४

६२२

९९.६७

थापाथली

४३२

२१

४११

९५.१३

पश्चिमाञ्चल

४३२

५९

३७३

८६.३४

पूर्वाञ्चल

५२८

६७

४६१

८७.३१

चितवन

२४

२४

१००

काठमाडौं

३८४

१५०

२२४

६०.९३

कान्तिपुर

२८८

१९५

९३

३२.२९

सगरमाथा

१४४

२८

११६

८०.५५

एड्भान्स

३३६

१४६

१९०

५६.५४

हिमालय

२४०

११४

१२६

५२.५

नेस्नल

२४०

२५

२१५

८९.५८

ललितपुर

९६

२९

६७

६९.७९

क्याथफोर्ड

१९२

८८

१०४

५४.१६

जनकपुर 

१९२

१५९ 

३३

१७.१८

ख्वप

१९२

१६

१७६

९१ ६६

जम्मा विद्यार्थी भर्ना (संख्या)

३२४५

 

जम्मा विद्यार्थी भर्ना (प्रतिशत)

७४.७०

 

२ माघसम्मको कलेज अनुसार भर्ना दर (शीर्ष पाँच कलेज आङ्गिक हुन्), स्रोत- आईओई

 

के यही अन्तिम तथ्याङ्क हो ?

प्राय: विश्वविद्यालयहरूले प्रवेश परीक्षा लिएपछि एकै पटकको भर्नामा कक्षामा सुरु गर्दैनन् । प्रवेश परीक्षामा सहभागी विद्यार्थीले धेरै विषय र कलेजहरू चयन गर्ने भएकाले विभिन्न चरणको भर्ना प्रक्रियापछि मात्र कक्षा सुरु हुन्छ ।

आईओईले पनि सोही प्रक्रियापछि मात्र कक्षा सुरु गर्ने गरेको प्रवेश परीक्षा बोर्डका अध्यक्ष तथा सहायक डीन प्राडा. सुशील बहादुर बज्राचार्य बताउँछन् । त्यसो हुँदा स्नातक तहको नयाँ ब्याचको कक्षा सुरु भएता पनि आईओईले माघ १७ गतेसम्म भर्ना कार्यक्रम सञ्चालन गर्नेछ । जुन कुरा आईओईको भर्ना सञ्चालन कार्यविधि २०८० मा उल्लेख छ । त्यसो हुनाले रिक्त विद्यार्थी सिटमा विद्यार्थी आउनसक्ने बज्राचार्य सुनाउँछन् ।

“कक्षा सञ्चालन भएपछि पनि भर्ना भएका विद्यार्थी नआउन सक्छन्, अथवा विद्यार्थीहरू पूर्ण शुल्कीयबाट नियमितमा सर्न सक्छन्,” उनले भने, “त्यस्तै कारणवश भर्ना हुन छुटेका विद्यार्थीहरू आउन सक्छन् । यसकारण रिक्त रहेका स्थानहरूमा सम्बन्धित क्याम्पसहरूले १७ माघभित्र नयाँ भर्ना लिन सक्छन् । त्यसपछि जति विद्यार्थी भर्ना हुन्छन्, उक्त विवरण नै यस वर्ष अन्तिम भर्ना विवरण हुनेछ ।”

पछिल्लो अध्यावधिक: माघ ५, २०८० १६:३५