close

अब क्यूआर कोड स्क्यान गरेर एउटा फोनको ई-सिम अर्कोमा सार्न मिल्ने

टेकपाना टेकपाना

माघ १३, २०८० १४:१२

अब क्यूआर कोड स्क्यान गरेर एउटा फोनको ई-सिम अर्कोमा सार्न मिल्ने

काठमाडौं । गुगलले गत वर्षको मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी)मा घोषणा गरेको ई-सिम सार्न मिल्ने फिचर सुरु भएको पाइएको छ । एन्ड्रोइड पुलिसका अनुसार केही प्रयोगकर्ताले एउटा एन्ड्रोइड फोनबाट अन्य एन्ड्रोइड फोनमा आफ्नो ई-सिम सार्न मिलेको प्रतिक्रिया दिएका छन् ।

ग्यालेक्सी एस२४ अल्ट्रा चलाउने आफ्ना एक पाठकलाई क्यूआर कोड स्क्यान गरेर एलजी भी६० थिनक्यूबाट ई-सिम सार्ने विकल्प आएको एन्ड्रोइड पुलिसले उल्लेख गरेकाे छ । एन्ड्रोइड पुलिसकै पत्रकारले पनि ग्यालेक्सी एस२४ अल्ट्राबाट पिक्सेल ८ प्रोमा ई-सिम सार्न मिल्ने पप-अप सूचना आएको उल्लेख गरेका छन् । 

विगतमा सामसङले वन यूआई ५.१ सार्वजनिक गरेसँगै ग्यालेक्सी डिभाइसहरूमा ई-सिम सार्न सकिने सुविधा उपलब्ध भएको थियो । अब भने ग्यालेक्सी बाहेकका अन्य डिभाइसहरूमा पनि ई-सिम सार्न सकिने भएको छ ।

यसबारे फ्रागमेन्टेड चिकेन नाम गरेका एक प्रयोगकर्ताले रेडिटमा पोस्ट राख्दै वन यूआई ६.१ को अपडेटपछि ग्यालेक्सी बाहेकका अन्य डिभाइसमा पनि ई-सिम सार्न सकिने भएको उल्लेख गरेका छन् ।

यसको अर्थ एन्ड्रोइडमा ई-सिम सार्न मिल्ने गुगलको टुललाई सहयोग हुनेगरी सामसङ पनि अघि बढेको छ । एन्ड्रोइडमा यस प्रकारको टुल ल्याउने गुगलले घोषणा गरेपनि मिति भने सार्वजनिक गरेको छैन ।

ई-सिम के हो ?

सामान्य रुपमा बुझ्दा हामीले प्रयोग गरिरहेको भौतिक सिमको डिजिटल रुपलाई ई-सिम भनिन्छ । यो तपाईंको फोनमा इम्बेड गरिएको हुन्छ र तपाईंलाई कुनै सिम स्लटको आवश्यकता हुँदैन ।

यसलाई प्रयोग गर्न तपाईंले सिमकार्ड लिन जान अथवा मोबाइलमा राख्न पर्दैन । यो मोबाइलमा प्रयोग गरिएको एउटा सानो चिपमा आधारित, जसले प्रयोगकर्ताको आईडीको आधारमा फोनलाई सम्बन्धित मोबाइल नेटवर्कसँग जोड्छ ।

सो चिप पहिले नै फोनमा इन्स्टल गरिएको हुन्छ, जसलाई प्रयोगकर्ताले फोन खरिद गरेपछि एक्टिभेट गर्नुपर्छ ।

सम्बन्धित समाचार

ई-सिम के हो, अनि कसरी गर्छ काम ?

पछिल्लो अध्यावधिक: माघ १३, २०८० १४:२१