close

युट्युबर मनोज मानव पक्राउ

टेकपाना टेकपाना

माघ १६, २०८० १४:७

युट्युबर मनोज मानव पक्राउ

 

काठमाडौं । मनोज मानव भनेर चिनिने युट्युबर मनोज कुमार महतो (मनोज मानव) पक्राउ परेका छन् । सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको उजुरीपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई मङ्गलवार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले महतोलाई पक्राउ गरेको पुष्टि गरे ।

“पीडित महिलाले उजुरी दिएपछि त्यसैका आधारमा आज बिहान पक्राउ गरेका हौं,” रायले  टेकपानासँग भने, “बाँकी कुरा अनुसन्धानपछि बाहिर आउँछ ।”

यसअघि पनि महिलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका महतो धरौटीमा रिहा भएका थिए ।

पछिल्लो अध्यावधिक: माघ १६, २०८० १४:७