close

केयूले ल्यायो बीआईटीको डबल डिग्री कार्यक्रम, २ वर्ष नेपालमा र २ वर्ष अष्ट्रेलियामा पढ्न पाइने

टेकपाना टेकपाना

माघ १७, २०८० १९:८

केयूले ल्यायो बीआईटीको डबल डिग्री कार्यक्रम, २ वर्ष नेपालमा र २ वर्ष अष्ट्रेलियामा पढ्न पाइने

काठमाडौं । काठमाडौं विश्वविद्यालयले स्नातक तहमा ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) को डबल डिग्री प्रोग्राम सञ्चालन गर्ने भएको छ । अष्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसन (सीआईएचई)सँगकाे सहकार्यमा विश्वविद्यालयले यस्ताे कोर्स सञ्चालन गर्न लागेकाे हो ।

एउटै कोर्स दुई देशमा पढाउने गरी यी दुई शैक्षिक संस्थाबीच हालै सम्झौता भएको छ । सम्झौता अनुसार चार वर्षे यस कोर्समा भर्ना भएका विद्यार्थीले पहिलो दुई वर्ष नेपालमा र त्यसपछिको दुई वर्ष अष्ट्रेलियाको सीआईएचईमा पढ्न सक्नेछन् ।

बीआईटी कोर्समा भर्ना हुन इच्छुक विद्यार्थीले कक्षा १२ मा विज्ञान अध्ययन गरी अन्तिम नतिजामा न्यूनतम ५० प्रतिशत वा २.० सीजीपीए ल्याएको हुनुपर्ने छ ।

एक पटकमा अधिकतम ३० जना विद्यार्थी कोर्समा भर्ना हुन सक्नेछन् । भर्नाका लागि २१ जनवरीदेखि ८ फेब्रुअरीसम्म रजिस्ट्रेसन फाराम खुला हुने विश्वविद्यालयले जनाएकाे छ ।

विश्वविद्यालयका अनुसार प्रवेश परीक्षा लगायत अन्य विवरण केही समयपछि जारी हुने सूचनामा दिइने छ । प्रवेश परीक्षामा पहिलो हुनेले पूर्ण, दोस्रो हुनेले ५० र तेस्रो हुनेले २५ प्रतिशत छात्रवृत्ति पाउनेछन् । त्यसैगरी सीआईएईले पनि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई थप छात्रवृत्ति दिने बताइएको छ ।

यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १७, २०८० १९:२२