close

गुगल म्याप्समा पनि आयो जेनेरेटिभ एआई, ठाउँ खोज्न सजिलो हुने

टेकपाना टेकपाना

माघ २०, २०८० १६:४२

गुगल म्याप्समा पनि आयो जेनेरेटिभ एआई, ठाउँ खोज्न सजिलो हुने

 

काठमाडौं । गुगल म्याप्समा जेनेरेटिभ एआईको नयाँ फिचिर थपिएको छ । एक ब्लगमार्फत गुगलले म्याप्समा नयाँ अपडेट उपलब्ध भएको जानकारी दिएको हो ।

गुगलका अनुसार म्याप्सको ब्राउजिङ (सर्च) लाई अझ छिटो र छरितो बनाउन लार्ज ल्याङ्ग्वेज मोडल (एलएलमए) एकीकृत गरिएको छ । यससँगै आफू नजिकै रहेको रेष्टुरेन्ट, शपिङ सेन्टर, क्रियाकलाप लगायतका ठाउँ अथवा गतिविधि आफूअनुकूल सर्च गर्न सकिने छ । जस्तै; कुनै पनि होटल अथवा रेष्टुरेन्ट सर्च गर्दा कुकुर लैजान मिल्ने रेष्टुरेन्ट लेख्न सकिने ।

त्यस्ता कुराकानीको भाषामा गरिएको सर्चको सटीक नतिजा दिन म्याप्समा भएको एआई फिचरले रेटिङ, रिभ्यू लगायतका सूचना विश्लेषण गर्ने गुगलको भनाइ छ ।

यो फिचर हाल अमेरिका प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउनेछन् । क्रमिक रुपमा सबै ठाउँका प्रयोगकर्ताका लागि यो फिचर ल्याउने गुगलले जनाएको छ ।

यसअघि गुगलले म्याप्समा इमर्सिभ भ्यू, एआर फिचर, ईभी चार्जिङ स्टेसन इन्फो लगायतका एआई फिचर थपेको थियो ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८० १६:४२