close

बेचिसकेका २२ लाख ईभी फिर्ता माग्दै टेस्ला, यस्तो छ कारण

टेकपाना टेकपाना

माघ २०, २०८० १९:४८

बेचिसकेका २२ लाख ईभी फिर्ता माग्दै टेस्ला, यस्तो छ कारण

 

काठमाडौं । विद्युतीय सवारी निर्माता टेस्लाले बिक्री भइसकेका २२ लाख बढी गाडी फिर्ता मागेको छ । गाडीको ब्रेक, पार्क र एन्टीलक ब्रेक सिस्टम (एबीएस)को वार्निङ लाइट देखाउने इन्स्ट्रुमेन्टल प्यानलमा अक्षरको आकार सानो भएपछि कम्पनीले अमेरिकी ग्राहकबाट गाडी फिर्ता मागेको हो ।

फिर्ता मागिएका गाडीहरूमा मोडेल एस (२०१२-२०२३), मोडेल एक्स (२०१६-२०२३), मोडेल थ्री (२०१७-२०२३), मोडेल वाई (२०१९-२०२४) र हालै सार्वजनिक भएको साइबर ट्रक रहेका छन् । 

अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन उजुरीहरू आउन थालेपछि उक्त निकायले अनुसन्धान गरेको थियो । अनुसन्धानले  यी मोडेलका गाडीहरूले सवारी सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरेको निष्कर्ष निकालेको छ ।

यसपछि टेस्लाले ग्राहकलाई सर्भिस सेन्टरमा गाडी ल्याउन अनुरोध गरेको हाे । साथै यो समस्या सफ्टवेयरमार्फत गाडीको वार्निङ लाइटका फन्ट साइज बढाउने पनि कम्पनीले जनाएको छ ।

यो समस्याका कारण कसैको मृत्यु, चोटपटक वा दुर्घटना नभए पनि तीन वटा वारेन्टी क्लेम आएको टेस्लाले उल्लेख छ । 

केही महिनाअघि मात्रै अटोपाइलट सिस्टममा भएको समस्या हल गर्न टेस्लाले २० लाख बढी गाडी फिर्ता मागेकाे थियाे ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८० १९:४८