close

गुगल मेसेजमा नयाँ फिचर, शब्द टाइप गर्दा स्क्रिनमा एनिमेसन देखा पर्ने

टेकपाना टेकपाना

फागुन ५, २०८० ११:०

गुगल मेसेजमा नयाँ फिचर, शब्द टाइप गर्दा स्क्रिनमा एनिमेसन देखा पर्ने

काठमाडौं । गुगल आरसीएसले एक अर्ब प्रयोगकर्ता पाएपछि गत वर्ष गुगलले विभिन्न नयाँ फिचर ल्याउने घोषणा गरेको थियो । सो अनुसार अब गुगल मेसेजमा स्क्रिन इफेक्ट नामक फिचर आउने भएको छ ।

पठाउने/पाइने मेसेजका आधारमा स्क्रिनमा विभिन्न भिजुअल देखा पर्ने यो फिचरबारे गुगलले नोभेम्बर २०२३ मै जानकारी दिएको थियो । तर त्यसबेला यसलाई सार्वजनिक गरिएको थिएन । अहिले भने यसलाई एपको बेटा च्यानलमा उपलब्ध गराइएको छ । 

मेसेज टाइप गर्दा स्क्रिनमा आकर्षक एनिमेसन देखाउनु र रङ्गिचङ्गी बनाउनु यस फिचरको काम हुनेछ । तर सबै मेसेजका लागि भने यो फिचरले काम गर्दैन । यसका लागि गुगलले निश्चित शब्द वा शब्दवाली छानेको छ । ती शब्द टाइप गर्दा केही सेकेन्डका लागि त्यस्ता भिजुअल देखा पर्नेछ ।

उदाहरणका लागि: मेसेजमा ‘साउन्डस् गुड’ टाइप गर्दा स्क्रिनमा थम्ब्स-अप र ‘ह्याप्पी भ्यालेन्टाइन डे’ टाइप गर्दा मुटु र ढुकुरको एनिमेसन देखा पर्छन् ।

यसरी मेसेजका भरमा स्क्रिनमा एनिमेसन देखिने फिचर आरसीएस र एसएमएस दुवैमा उपलब्ध हुने छ । पूर्ण रुपमा सबैका लागि यी फिचर कहिले यी फिचर उपलब्ध हुन्छन् भन्नेबारे भने खुलाइएको छैन ।

यद्यपि विश्वका केही भागका प्रयोगकर्ताले प्रयोग गर्न पाउने गरी गुगल मेसेजमा यसअघि नै फोटोमोजी (फोटोलाई रियाक्सनमा बदल्ने), रियाक्सन इफेक्ट, भोइस मुड्स लगायतका फिचर आइसकेका छन् । यी फिचर स्क्रिन इफेक्टसँगै गुगलले घोषणा गरेको थियो ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८० ११:५७